आइतवार, मंसिर ११, २०७९
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?


  • स्वदेश नेपाल
  • आइतवार, मंसिर ११, २०७९

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा छापावाल र तेजाबी सुनको कारोबार भएको थियो ।

गत साताको बिहीबारदेखि निरन्तर नेपाली बजारमा सुनको यही मूल्य कायम छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट