आइतवार, मंसिर ११, २०७९
जारी फिफा विश्वकप फुटबलमा आज चार खेलहरु हुँदै

जारी फिफा विश्वकप फुटबलमा आज चार खेलहरु हुँदै


  • स्वदेश नेपाल
  • आइतवार, मंसिर ११, २०७९

काठमाडौं । जारी फिफा विश्वकप फुटबलमा आज चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा आज समूह चरण अन्तर्गत समूह ’ई’ र समूह ’एफ’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ’ई’ मा रहेको जापान र कोस्टारिकाबिच प्रतिस्पर्धा हुनेछ । जापान र कोस्टारिका बिचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा समूह ’एफ’ का बेल्जियम र मोरक्को बिच प्रतिस्पर्धा हुनेछ । बेल्जियम र मोरक्को बीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ ।

यस्तै आजको तेस्रो खेलमा समूह ’एफ’ का क्रोएसिया र क्यानडा बीचको खेल राति पौने १० बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् ।

त्यस्तै चौंथो खेलमा समूह ’ई’का जर्मनीले स्पेनको सामना गर्नेछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

जारी विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट