शनिबार, मंसिर १०, २०७९
बलिउड अभिनेता विक्रम गोखलेको निधन

बलिउड अभिनेता विक्रम गोखलेको निधन


  • स्वदेश नेपाल
  • शनिबार, मंसिर १०, २०७९

एजेन्सी । हिन्दी र मराठी फ्लिमका दिग्गज अभिनेता विक्रम गोखलेको निधन भएको छ । ७७ वर्षीय गोखलेको हिजो शनिवार पुनेको दीनानाथ मंगेशकर अस्पतालमा निधन भएको बीबीसी हिन्दीले लेखेको छ ।

विक्रम गोखलेले मराठी फ्लिमको साथै ‘अग्निपथ’, ‘हम दिल दे चुके सनम’ र ‘भूल भूलैया’ जस्ता हिन्दी फ्लिममा पनि अभिनय गरेका छन् ।

सन् २०१० मा विक्रम खोकलेलाई मराठी फ्लिममा उनको अभिनयलाई लिएर सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार दिइएको थियो ।

उनले टीभीमा ‘घर आजा परदेशी’, ‘अल्पविराम’, ‘जाना ना दिल से दूर’, ‘संजीवनी’, ‘इंद्रधनुष’ जस्ता चर्चित शोमा काम गरेका थिए । उनको मराठी फ्लिम ‘गोदावरी’ अहिले सिनेमाघरमा चलिरहेको छ ।

हिन्दी र मराठी फ्लिमका दिग्गज अभिनेता विक्रम गोखलेको निधन भएको छ । ७७ वर्षीय गोखलेको हिजो शनिवार पुनेको दीनानाथ मंगेशकर अस्पतालमा निधन भएको बीबीसी हिन्दीले लेखेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट