काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ओरालो लागेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार १०० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा ३०० ले घटेर ९७ हजार ८०० रूपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ३०० रूपैयाँ छ ।
यो साताको सोमबार तोलामा ६०० रूपैयाँले घटेको थियो । यस्तै, मंगलबार ३०० ले घटेको सुनको मूल्य बुधबार ४०० ले घटेको थियो । यस्तै, बिहीबार १००० रूपैयाँ प्रतितोलाले बढेको सुनको मूल्य शुक्रबार स्थिर रहेको थियो ।
यो साता चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।