शनिबार, मंसिर १०, २०७९
फिफा विश्वकपमा आज चार खेलहरु हुँदै

फिफा विश्वकपमा आज चार खेलहरु हुँदै


  • स्वदेश नेपाल
  • शनिबार, मंसिर १०, २०७९

काठमाडौं । जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरु हुँदैछन् । विश्वकपमा आज समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरु हुने कार्यतालिका रहेको छ ।

पहिलो खेलमा समूह ’डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ पौने ७ बजे सुरु हुनेछ ।

यस्तै आज नै हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ’डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै चौंथो खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भईरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

आठ रंगशालामा आयोजना भईरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट