एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूरले आफ्नी छोरीको नाम राखेका छन्। उनीहरूले छोरीको नाम ‘राहा’ राखेका हुन्।
आलिया र रणवीरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट परिवारको तस्बिर सार्वजनिक गर्दै छोरीको नाम खुलासा गरेका छन्।
रणवीरकी आमा नीतु कपूरले उक्त नाम राखिदिएकी हुन्। उनीहरूले फुटबल क्लब बार्सिलोनाको जर्सीमार्फत छोरीको नाम सार्वजनिक गरेका छन्। तर सार्वजनिक तस्बिरमा छोरीको अनुहार देखाइएको छैन।
आलियाले छोरीको नामको अर्थ खुलाउँदै लेखेकी छन्, ‘राहा नामको निकै सुन्दर अर्थ छ। राहा आफ्नो रुपमा दिव्य पथको हो। स्वाहिलीमा आनन्द हो। संस्कृतमा राहा एक गोत्र हो। बंगालीमा आराम र राहत हो। अरबीमा शान्ति, खुशी, स्वतन्त्रता र आनन्द हो।’
उनले आफूले छोरीलाई हातमा लिँदा यी अर्थलाई महसुस गरेको बताएकी छन्।
‘हामीले पहिलो पटक उनलाई हातमा लिँदा यही सबै महसुस गरेका थियौं। हाम्रो परिवारलाई नयाँ जीवन दिएकोमा तिमीप्रति आभार। यस्तो लाग्दैछ, हाम्रो जीवन बल्ल सुरु हुँदैछ,’ उनले लेखेकी छन्।
आलियाले गत ६ नोभेम्बरमा छोरीलाई जन्म दिएकी थिइन्।