बिहिबार, मंसिर ८, २०७९
चन्द्र भण्डारीलाई पछि पारेर गुल्मी १ मा फेरि अघि लागे प्रदीप ज्ञवाली, कसको मत कति ?

चन्द्र भण्डारीलाई पछि पारेर गुल्मी १ मा फेरि अघि लागे प्रदीप ज्ञवाली, कसको मत कति ?


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ८, २०७९

गुल्मी क्षेत्र नम्बर १ मा नेकपा एमालेका प्रदीप ज्ञवालीले फेरि अग्रता कायम गरेका छन्। यसअघि ८ सय मतले पछि रहेका ज्ञवाली अहिले ५१३ मतले अघि देखिएका छन्।

ताजा मतपरिणाम अनुसार एमालेका ज्ञवालीले १६ हजार ३४६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चन्द्र भण्डारीले १५ हजार ८३३ मत प्राप्त गरेका छन्।

गुल्मी-१ मा यी दुई उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यसअघिको निर्वाचनमा पनि यी दुईबीच नै प्रतिस्पर्धा भएको थियो। त्यो बेला एमालेका ज्ञवालीले बाजी मारेका थिए।

कांग्रेस नेता सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष लिङ्देन विजयी

झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । झापाको क्षेत्र नं ३ बाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

अध्यक्ष लिङ्देन ४० हजार ६४८ मत प्राप्त गरी विजयी भएका छन् । यस्तै सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार