बिहिबार, मंसिर ८, २०७९
अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी विजयी

अर्घाखाँचीबाट एमालेका टोपबहादुर रायमाझी विजयी


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर ८, २०७९

अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी विजयी भएका छन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् ।

२०६४, २०७० मा संविधान सभा सदस्य भएका रायमाझी २०७४ मा माओवादी केन्द्रबाट विजयी भएका रायमाझीले चौथौ पटक अर्घाखाँचीबाट जित हासिल गरेका छन् । तत्कालीन नेकपा विभाजनपछि भने उनी माओवादीमा फर्किएनन् । केपी ओलीको मन्त्रिपरिषदमा तीन मन्त्री बनेकै बेला उनलाई माओवादीले कारबाही गरेपछि सांसद पदबाट पदमुक्त भएका थिए ।

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार