बुधबार, मंसिर ७, २०७९
जारी विश्वकपमा जापानको जित, जर्मनी २–१ गोल अन्तरले परािजत

जारी विश्वकपमा जापानको जित, जर्मनी २–१ गोल अन्तरले परािजत


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर ७, २०७९

कतारमा जारी फिफा विश्वकपमा जापानको जित, जर्मनी २–१ गोल अन्तरले परािजत

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले हराएको हो ।

एसियाली पावर हाउस जापानले युरोपियन प्रतिद्वन्दीमाथि पुनरागमन गर्दै उत्कृष्ट जित निकालेको हो ।

खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीबाट गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका थिए ।

जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले सहजै गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काइ हार्भट्जले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो ।

दोसो हाफमा जापानले उत्कृष्ट पुनरागमन गर्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार