बुधबार, मंसिर ७, २०७९
सोमपाल कामीको एकदिवसीय बलिङ वरीयतामा सुधार

सोमपाल कामीको एकदिवसीय बलिङ वरीयतामा सुधार


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर ७, २०७९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामीको एकदिवसीय बलिङ वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपाल एक स्थान माथि उक्लिनुभएको छ । नयाँ वरीयतामा सोमपाल ९३ औं स्थानमा रहनुभएको छ । बलिङतर्फ नै सन्दीप लामिछाने ३९ औं स्थानमा यथावत रहनुभएको छ ।

ब्याटिङतर्फ आसिफ शेख र कप्तान रोहित कुमार पौडेलको वरीयता सुधार भएको छ । शेख र पौडेलको वरीयतामा एक एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा शेख ९० औं र पौडेल ९१ औं स्थानमा रहेका छन् ।

ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहनुभएको छ । बलिङतर्फ भने न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट पहिलो स्थानमा रहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट