बुधबार, मंसिर ७, २०७९
विश्वकप फुटबलमा मोरक्को र क्रोएसियाले बाँडे बराबरी खेल्दै अंक

विश्वकप फुटबलमा मोरक्को र क्रोएसियाले बाँडे बराबरी खेल्दै अंक


  • स्वदेश नेपाल
  • बुधबार, मंसिर ७, २०७९

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दै अंक बाँडेका छन् । अल बायत स्टेडियममा बुधबार भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर पाएको थियो । तर, गोल गर्न सकेनन् । साविक उपविजेता क्रोएसियाले बलमा पकड जमाएको थियो । तर, थुप्रै अवसर सिर्जना गरेपनि क्रोएसिया गोल गर्न सफल भयो ।

यस बराबरीसँगै क्रोएसियाले पहिलो खेलमा १ अंक जोडेको छ ।

समूह ‘एफ’ मा रहेको क्रोएसिया शीर्ष स्थानमा रहेको छ । मोरक्को १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यसै समूहको अर्को खेलमा बेल्जियम र क्यानडाबीच आजै प्रतिस्पर्धा हुनेछ ।

बेल्जियम र क्यानडाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार