आइतवार, मंसिर ४, २०७९
भविष्यमा राजनीतिमा आउनु परे फिल्म क्षेत्र छोड्छु : दीपकराज गिरी

भविष्यमा राजनीतिमा आउनु परे फिल्म क्षेत्र छोड्छु : दीपकराज गिरी


  • स्वदेश नेपाल
  • आइतवार, मंसिर ४, २०७९

काठमाडौं । अभिनेता दीपकराज गिरीले भविष्यमा राजनीतिमा आउनु परे फिल्म क्षेत्र नै छाडेर लाग्ने बताउनुभएको छ ।

आइतबार काठमाडौं क्षेत्र नम्बर ९ को दहचोक खहरे केन्द्रबाट मतदान गरेपछि निर्मातासमेत रहेका गिरीले उनले आफूले राजनीतिक र सामाजिक मुद्दामा बोलिरहेको बताउनुभयो । तर अहिले भने आफू अर्धमौन अवस्थामा रहेको दीपकले बताउनुभयो ।

‘राजनीतिक विषयमा बोलिरहेको छु, अहिले अर्धमौन छु । सदनमा युवापुस्ता पुग्नुपर्छ भन्ने मेरो मान्यता हो,’ दीपकले भन्नुभयो । यस्तै उहाँले आफू कुनै एक व्यक्तिको पक्षमा भन्दा पनि परिवर्तनकारी विचार समूहलाई समर्थन गर्ने बताउनुभयो।

उक्त केन्द्रका सबैभन्दा अन्तिम मतदाता बनेका दीपकले आगामी फिल्म ‘छक्कापञ्जा ४’ मा ७० प्रतिशत विषयवस्तु वर्तमान राजनीतिक अवस्थाको रहेको जानकारी दिउनुभयो।

देशभर आज आइतबार एकैसाथ आम निर्वाचन सम्पन्न भएको छ । केहि जिल्ला, स्थानमा छिटफुट तनाव र घटनाबाहेक मतदान शान्तीपूर्ण रुपमै निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार