शुक्रबार, मंसिर २, २०७९
कतिमा कारोबार हुँदै छ आज सुनचाँदी ?

कतिमा कारोबार हुँदै छ आज सुनचाँदी ?


  • स्वदेश नेपाल
  • शुक्रबार, मंसिर २, २०७९

काठमाडौं । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । सुन आज तोलाको ९८ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको भाउ हिजो तोलामा २ सय रुपैयाँले घटेर ९८ हजारमा कारोबार भएको थियो । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ ।

हिजो तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार २ सय ८० रुपैयाँ तोकिएकोे छ ।

यो पनि, नेपाल राष्ट्र बैँकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ३५ पैसा र बिक्री दर १३० रूपैयाँ ९५ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ०९ पैसा र बिक्री दर १३५ रूपैयाँ ७२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रूपैयाँ ९१ पैसा र बिक्री दर १५५ रूपैयाँ ६३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५५ पैसा र बिक्री दर ३५ रूपैयाँ ७२ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार