बिहिबार, मंसिर १, २०७९
नेप्से २५ अंक बढीले वृद्धी, कारोबार रकम कति ?

नेप्से २५ अंक बढीले वृद्धी, कारोबार रकम कति ?


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर १, २०७९

काठमाडौं । सेयर बजार परिसुचक आज नेप्से २५ अंक बढीले वृद्धी भएको छ ।

साताको अन्तिम कारोबार दिन आज नेप्से सूचक २५.५७ अंकले बढ्दै १९३६.८३ अंकमा उक्लिएको छ । नेप्से सूचक वृद्धि भएसँगै आज कारोबारमा समेत वृद्धि भएको छ ।

२५ अंकले बढेको यस दिन १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको ४३ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदै सेयर बजार नै हरियाली बनेको छ ।

सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३।१४ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको २.३९ प्रतिशतले, ट्रेडिङ २.२५ प्रतिशत, म्यानु एण्ड प्रो २।०६ प्रतिशतले वृद्धि भएका छन् ।

यस्तै, डेभलपमेन्ट समूहको उपसूचक १।९१ प्रतिशतले, म्युचुअल फन्ड १।६७ प्रतिशतले, निर्जीवन बीमा समूह १.३५ प्रतिशतले इन्भेष्टमेन्ट समूह १.२१ प्रतिशत बढेको छ ।

आज सिकलेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार