बिहिबार, मंसिर १, २०७९
बिहेको महिना मंसिरको पहिलो दिन आज कति पुग्यो सुनको मूल्य ?

बिहेको महिना मंसिरको पहिलो दिन आज कति पुग्यो सुनको मूल्य ?


  • स्वदेश नेपाल
  • बिहिबार, मंसिर १, २०७९

काठमाडौं । सुन चाँदीकै मूल्य आज बिहिबार घटेको छ ।

सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले र चाँदीको भाउ तोलामा ४० रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९८ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ तोलामा १ हजार २ सय ८५ रुपैयाँ तोकिएकोे छ ।

यो पनि, नेपाल राष्ट्र बैँकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२९ रूपैयाँ ७८ पैसा र बिक्री दर १३० रूपैयाँ ३८ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ २८ पैसा र बिक्री दर १३५ रूपैयाँ ९१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रूपैयाँ ५४ पैसा र बिक्री दर १५५ रूपैयाँ २६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४९ पैसा र बिक्री दर ३५ रूपैयाँ ६५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट