बुधबार, कार्तिक ३०, २०७९
नेपाली मूलकी परिजिता बास्तोलाको ‘द भ्वाइस’ अमेरिकाको को टप १६ मा उत्कृष्ट प्रस्तुति (भिडियोसहित)

नेपाली मूलकी परिजिता बास्तोलाको ‘द भ्वाइस’ अमेरिकाको को टप १६ मा उत्कृष्ट प्रस्तुति (भिडियोसहित)


  • स्वदेश नेपाल
  • बुधबार, कार्तिक ३०, २०७९

काठमाडौं । नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोलाले अमेरिकी गायन रियालिटी शो ‘द भ्वाइस’ को टप १६ लाइभ शोमा उत्कृष्ट प्रस्तुति दिएकी छन्।

कोच जोन लिजेन्डको तर्फबाट उनले लेडी गागाको ‘आई विल नेभर लभ अगेन’ बोलको गीत गाएकी थिइन्। उनको गीत सुनेर चारै जना कोचले तारिफ गरे।

‘तपाईंले हामीलाई छुट्टै संसारमा पुर्‍याउनु भयो। यो एकदमै राम्रो र जादुमय प्रस्तुति थियो,’ जोनले भने।

लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन्। उनको ब्लाइन्ड अडिसनबाटै चर्चा भइरहेको छ।

उनले ब्लाइन्ड अडिसन गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाएकी थिइन् भने ब्याटल राउण्डमा द मेरिलाइन्ड अन द बी गीजका दुई युवतीसँग डुअल प्रस्तुति दिएकी थिइन् उनीहरू तीनै जनाले ‘हाउ डीप इज योर लभ’ बोलको गीत गाएका थिए। जसमा परिजिताले उत्कृत्ट प्रस्तुति दिएकी थिइन्।

त्यस्तै उनले नकआउट राउण्डमा भालारी हार्डिङ र पेटन एल्ड्रिजसँग एट्टा जेम्सको ‘आई वुड र्‍यादर गो ब्लाइन्ड’ बोलको गीत गाएकी थिइन्। राम्रो प्रस्तुति दिएको भन्दै कोच जोनले तीन जनामध्ये उनलाई छनोट गरेका थिए।

गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार