मङ्लबार, कार्तिक १५, २०७९
विदेशमा जन्मिएका बच्चाहरुको कुण्डली कसरी बनाउने ? (भिडियोसहित)

विदेशमा जन्मिएका बच्चाहरुको कुण्डली कसरी बनाउने ? (भिडियोसहित)


  • स्वदेश नेपाल
  • मङ्लबार, कार्तिक १५, २०७९

नेपाली समाजमा कुनै पनि काम सुरु गर्नुअघि चिना देखाउने प्रचलन छ । व्यक्तिको जन्मेको समय, मिति र स्थानलाई आधार बनाएर ज्योतिषीहरुले चिना बनाउने गर्छन् ।

जन्मेको समय र मिति बिग्रिएको खण्डमा भने चिनाले भविष्य बताउन नसक्ने ज्योतिषी बताउँछन् ।

चिनाको अर्थ व्यक्तिलाई चिनाउनु भन्ने हुन्छ । मानिस जन्मेको आधारमा खगोलीय नक्षत्र, राशि एवं ग्रहहरूको स्थिति पत्ता लगाई त्यसैको आधारमा तयार पारिएको राशिचक्रलाई आधार मानी बाह्र राशि र सूर्य नवग्रहहरूको उदय-अस्त, उच्च-नीच, डिग्री, देश, कालसहितको अनुकूल प्रतिकूल के कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ एवं गणित सिद्ध ज्ञान गराउने वस्तु भनेकै कुण्डली वा चिना हो ।

हामी जुन बेलामा जन्मियौं, त्यतिबेला आकाशमा ग्रह घुमिरहेका हुन्छन् । कुन ग्रह कहाँ घुमिरहेको हुन्छ, अर्को हामी कहाँ पञ्चाङ्गको पात्रो हुन्छ, त्यसमा पनि ग्रह राखिएको हुन्छ । त्यसमा ग्रहहरू कति डिग्रीमा छन् भनेर लेखिएको हुन्छ । मान्छे जन्मिसकेपछि पात्रो पल्टाएर इष्टघडी निकाल्छौं । इष्टघडी भनेको मान्छे जन्मिएको समय र सूर्यबीचको अन्तर हो । इष्टघडीले कति नक्षत्र, कति तिथि भेट्यो भनेर निकाल्छ ।

हिन्दू संस्कार अनुसार जन्मेको ६ दिनमा चिनाको टिप्पणी तयार गरिन्छ । बच्चा जन्मेको पाँच वर्षपछि चिना बनाएर राख्ने चलन बढी छ ।

चिना कसरी बनाइन्छ ? यसले मान्छेको भविष्य कसरी थाहा हुन्छ ?

प्रतिक्रिया
सम्बन्धित समाचार