शुक्रबार, कार्तिक ४, २०७९
तिहार पछि प्रधानमन्त्री कप क्रिकेट हुँदै, यस्तो छ खेल तालिका, नयाँ ट्यालेन्ट क्रिकेटरहरुले पनि स्थान बनाउने

तिहार पछि प्रधानमन्त्री कप क्रिकेट हुँदै, यस्तो छ खेल तालिका, नयाँ ट्यालेन्ट क्रिकेटरहरुले पनि स्थान बनाउने


  • दिक्पाल के.सी.
  • शुक्रबार, कार्तिक ४, २०७९

क्यानले शुक्रबार बिहान प्रधानमन्त्रीकप एकदिवसीय क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार कार्तिक १३ गते पहिलो दिनका खेलहरु हुनेछन् भने कार्तिक २२ गते लिग चरणका खेल हरु सकिनेछन्।  ७ ओटा प्रदेश र तिन ओटा विभागिय टोली सहित १० ओटा टिमलाई ५-५ टिम गरि दुइ भागमा बाँडिएको छ। दुबै ग्रुपका टिमहरुले ग्रुप भित्रका टिमसँग सिँगल राउन्ड रोबिन लिगको आधारमा एक आपससँग खेल खेल्नेछन् र हरेक टिमबाट शिर्ष दुईले सेमिफाइनलमा स्थान बनाउनेछन्।

सेमिफाइनल खेल कार्तिक २४ गतेलाई तय गरिएको छ । सेमिफाइनल जित्ने दुई टिमले कार्तिक २६ गते शनिबारको दिन फाइनल खेल खेल्नेछ। फाइनल खेल किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुनेछ।  सेमिफाइनल सम्मका खेल भने एकै साथ टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ। ५० ओभरमा फर्म्याटमा खेलाइने प्रधानमन्त्रीकपको अघिल्लो सँस्सकरण भने टि ट्वान्टी विश्वकप छनोटलाई आधार मानेर २० ओभर मा खेलाइएको थियो।

नेपाल क्रिकेट सँघ क्यानले दिएको जानकारी अनुसार  खेलाडीहरु मैदान आउने समय बिहान ८ः१५ बजे रहेको छ भने खेल ९ः१५ बजे सुरु हुनेछ। ग्रुप हरु मध्ये, पहिलो ग्रुपमा नेपाल सशस्त्र प्रहरी बल क्लब , त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश टिमहरु रहेका छन्। त्यस्तै अर्को ग्रुपमा नेपाल पुलिस क्लब, बागमती प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ रहेका छन्। विभागिय टिमहरुमा राष्ट्रिय खेलाडीहरुको बर्चस्व रहेको कारण पुलिस, आर्मी र सशस्त्रको टिमलाई भने प्रतियोगिता जित्ने दाबेदार टिमहरुको रुपमा लिन सकिन्छ।

प्रदेशका टिमहरुमा भने अहिले खेलाडी छनोटका लागि प्रतियोगिताहरु भइरहेको छ। त्यसका लागि विभिन्न जिल्ला क्रिकेट सँघहरु प्रतियोगिता र खेलाडी छनोट गर्ने कामलाई तिब्र रुपमा सन्चालन गरिरहेका छन्। त्यसकारण केही नयाँ युवा ट्यालेन्ट खेलाडीहरु पनि प्रदेशका टिममा आउने पक्का रहेको छ। केही दिनमा सबै टिमहरुको खेलाडी सुची पनि सार्बजनिक हुनेछ।

प्रधानमन्त्री एकदिवसीय क्रिकेटको अहिले सम्म लाइभ टेलिभिजनको छिनो फानो भने भैसकेको छैन तर कुनै न कुनै टेलिभिजनले टियुमा हुने खेलको भने लाइभ गर्न सक्ने सम्भावना भएको छ। प्रधानमन्त्रीकपको सबै खेलको पुर्ण खेल तालिका, टिम विवरण र खेलाडीहरु र लाइभ टेलिभिजन, विश्वकप क्रिकेट र नेपालको लिग टु सम्बन्धी सबै जानकारी हेर्ने यहाँ जानुहोस्

प्रधानमन्त्री कपलाई डिसेम्बर १ देखि ८ सम्म हुने लिग टु अन्तर्गत नेपालको नामिबिया भ्रमणको लागि छनोटको रुपमा लिन सकिन्छ। सन्दिप लामिछाने नाबालिख प्रकरण केशका कारण अहिले अनुसन्धानमा प्रतियोगिता भइरहँदा, प्रधानमन्त्रीकप बाट तत्कालका लागि उनको स्थान लिन सक्ने खेलाडीलाई पनि नोभेम्बर सिरिजमा उतार्नको लागि क्यान तयारमा हुन सक्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार