शनिबार, अशोज २९, २०७९
राजनीतिबाट अवकाश लिने गगन थापाको घोषणा ! (भिडियोसहित)

राजनीतिबाट अवकाश लिने गगन थापाको घोषणा ! (भिडियोसहित)


  • स्वदेश नेपाल
  • शनिबार, अशोज २९, २०७९

काँग्रेस महामन्त्री गगनकुमार थापाले अबको १० वर्ष सक्रिय राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत थापाले एक भिडिओ सन्देश जारी गर्दै १० वर्ष काम गर्ने र त्यसपछि बिदा लिने स्वघोषणा गरेका हुन्। महामन्त्री थापाले १० वर्षपछि स्विच अफ गरेर आफ्नो बाटो लाग्ने र नयाँ अनुहारलाई ठाउँ दिने बताएका छन्।

‘म त जम्मा १० वर्ष हो। अब १० वर्ष काम गर्छु, मरेर जति सक्छु गर्छु। ठ्याक्क १० वर्षपछि स्विच अफ गरेर आफ्नो बाटो लाग्ने हो,’ थापाले भिडिओ सन्देशमार्फत भनेका छन्, ‘मैले त नयाँ मान्छेलाई ठाउँ दिने हो।

त्यो बेलासम्म यति खतरा नयाँ मान्छे आइसकेको हुन्छ, हुनैपर्छ। कि उनीहरूले हाम्रोभन्दा राम्रो गर्नैपर्‍यो। यो बुढाहरूले हामीलाई त्यो गर्न दिएन। हाम्रो बाटो रोक्यो, हामी लडिराछौं फेरि। गर्न दिएन भनेर हात उठाएर हिँडेको होइन।’

आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापाले काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट