सोमवार, अशोज १७, २०७९
गत आर्थिक वर्षको तुलनामा महङ्गी दोब्बरले बढ्यो

गत आर्थिक वर्षको तुलनामा महङ्गी दोब्बरले बढ्यो


  • स्वदेश नेपाल
  • सोमवार, अशोज १७, २०७९

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा महङ्गी दोब्बरले बढेको छ । चाडपर्वका बेला नेपाली बजारमा उपभोग्य वस्तुको मूल्य थप बढेको हो ।

पछिल्लो पटक नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा ८ दशमलव २६ प्रतिशत मूल्यवृद्धि भएको छ । चाडपर्वका समयमा उपभोक्ता ठगिने सम्भावना अझैँ बढी हुने भएकाले सरकारले बजार अनुगमन तीव्र बनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले सरकारले निरन्तर रुपमा बजार अनुगमन गरिरहेको सीआर्ईएनसँग बताउनुभयो । तर अनुगमन प्रभावकारी नभएको सर्वसाधरणको गुनासो छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्वका समयमा उपभोग्य वस्तुको बढी मूल्य लिनेविरुद्ध उजुरी दिन आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै चाडपर्वका बेला समेत खाद्य तथा पेयपदार्थ सम्बन्धी उजुरी तथा गुनासो लिइने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार