सोमवार, अशोज १७, २०७९
आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा, भोलि रातिदेखि भारी वर्षाको सम्भावना

आज थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा, भोलि रातिदेखि भारी वर्षाको सम्भावना


  • स्वदेश नेपाल
  • सोमवार, अशोज १७, २०७९

काठमाडौं । आज देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मनसुनी वायुको प्रभावका कारण आज दिउँसो प्रदेश १ र बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली हुनेछ । राति प्रदेश १, मधेश र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

भोलि दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर भोलि रातिदेखि भने थोरै ठाउँमा भारी वर्षा हुने देखिएको छ । बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट