आइतवार, अशोज १६, २०७९
कमल खत्री र मेलिना मैलानी वैवाहिक जीवनमा बाँधिए

कमल खत्री र मेलिना मैलानी वैवाहिक जीवनमा बाँधिए


  • स्वदेश नेपाल
  • आइतवार, अशोज १६, २०७९

काठमाडौं । गायक तथा संगीतकार कमल खत्री र गायिका मेलिना मैलानी वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले आज आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर विवाह गरेका हुन् ।

दुवै तर्फका परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफूहरुले विवाह गरेको कमलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । साथै विवाहमा लाग्ने खर्च गरिब तथा असहायलाई सहयोग गर्ने समेत उनीहरुले घोषणा गरेका छन् ।

‘जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाजअनुसार विवाह गरेका छौं । सबैमा विजया दशमीको शुभकामना,’ कमलले फेसबुकमा लेखेका छन् । उनले आफ्नो वैवाहिक कार्यक्रमको भिडियो समेत युट्युबमा सार्वजनिक गरेका छन् ।

कमल र मेलिनाले केही समयअघि इन्गेजमेन्ट गरेका थिए । उनीहरु केही वर्षदेखि प्रेम सम्बन्धमा थिए । मेलिना भ्वाइस अफ नेपालको तेस्रो सिजनबाट चर्चामा आएकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार