आइतवार, अशोज १६, २०७९
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकियो

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकियो


  • स्वदेश नेपाल
  • आइतवार, अशोज १६, २०७९

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले मतदाता सङ्ख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो ।

जसअननुसार मतदाताको सङ्ख्यालाई ६० प्रतिशत भार मानिएको छ । मतदान केन्द्र सङ्ख्या र निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रलाई २०/२० प्रतिशत भार मानिएको आयोगले जनाएको छ । आयोगको निर्णयअनुसार सबभन्दा कम काठमाडौंका ५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँ खर्च गर्न पाउने छन् । यस्तै १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ ।

६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । ५२ वटा निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले ३१ लाख रुपैयाँसम्म चुनावमा खर्च गर्न पाउनेछन् । सबभन्दा धेरै ३३ लाख रुपैयाँसम्म भने २६ निर्वाचन क्षेत्रका उम्मेदवारहरूले चुनावी खर्च गर्न पाउने भएका छन् ।

समानुपातिकको हकमा दलहरूले पेश गरेको बन्दसूचीमा सूचिकृत सङ्ख्याअनुसार प्रति उमम्मेदवार २ लाख खर्च गर्न पाइनेछ । प्रदेशसभाका समानुपातिक उम्मेदवारहरुको हकमा १ लाख ५० हजार चुनाव खर्च निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार