शनिबार, अशोज १५, २०७९
बुवा बनेका राजेशपायल राईले बिहे गरैकै हुन् ?

बुवा बनेका राजेशपायल राईले बिहे गरैकै हुन् ?


  • स्वदेश नेपाल
  • शनिबार, अशोज १५, २०७९

राजेशपायल राई चर्चित नाम हो । अविवाहित राईलाई विवाह कहिले गर्ने ? मिडियाले सधै तेर्स्याउने प्रश्न हो यो । जवाफ उनको सधैँ रेडिमेट हुने गर्छ, ‘समय आएपछि भैहाल्छ नि ।’ तर राईले दिने गरेको जवाफ बनावटी हुने गरेको गाइँगुइँ चल्न थालेको छ ।

राई एक सन्तानको पिता बनेको खबर बाहिर आएसँगै यसबारे थप चासो बढेको हो । राईलाई साङबुङ राई नामकी युवतीसँगको रिलेसनसिपबाट पुत्रलाभ भएको बताइएको छ । उनीहरुले आधिकारिक बिहे भने गरिनसकेको निकटस्थहरु बताउँछन् ।

केही अगाडि राईको साङबुङ राईसँगको रिलेसनसिपको गसिप समेत मिडियामा छाएको थियो । ह्याम्स अस्पतालमा उनीहरुले नियमित स्वास्थ्य जाँच गराउँदै आएको र त्यही सन्तानको जन्म भएको निकटस्थले बताएका छन् । सङबुङ राजेशभन्दा आधा उमेरले कान्छी रहेको बताइएको छ । राजेश ४६ वर्षका भए भने साङबुङ मात्र २० उमेरको रहेको निकटस्थहरु बताउँछन् ।

साङबुङ एक फ्यानको रुपमा राजेशपायलसँग नजिकिएको बताइन्छ । केही समयको अफेयरपछि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेको बताइन्छ । उनीहरुको सम्बन्धबारे परिवार र केही साथीभाइलाई थाहा भए पनि मिडियासँग भने लुकाउदै आएका छन् ।

यस विषयमा गायक राजेशपायलसँग पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन । यो विषय उनले स्पष्ट पार्लान् वा अझै गुपचुप राख्छन् त्यो भने समयले नै बताउला !

प्रतिक्रिया
सम्बन्धित समाचार