शनिबार, अशोज १५, २०७९
यस्तो छ राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको विनिमय दर


  • स्वदेश नेपाल
  • शनिबार, अशोज १५, २०७९

काठमडौं । नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ २० पैसा र बिक्री दर १२७ रुपैयाँ ७९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ४४ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार