शुक्रबार, अशोज १४, २०७९
सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदै छ कारोबार ?


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज १४, २०७९

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ सय रुपैयाँले बढेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य शुक्रबार स्थिर रहेर १ हजार १ सय ७० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पनि,
नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ ६८ पैसा र बिक्री दर १३१ रुपैयाँ २८ पैसा रहेको छ। । युरो एकको खरिद दर १२६ रुपैयाँ ७१ पैसा र बिक्री दर १२७ रुपैयाँ २९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४१ रुपैयाँ ७५ पैसा र बिक्री दर १४२ रुपैयाँ ४० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार