मङ्लबार, अशोज ११, २०७९
बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको सहज जित

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको सहज जित


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज ११, २०७९

काठमाण्डौ । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई तीन–एकले हरायो ।

नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।

योसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गोल सङ्ख्या १० पुर्‍याएका छन् ।

यस्तै बंगलादेशका लागि खेलको ५७ औँ मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना गोल गरे ।

यो खेलसँगै नेपाल र बंगलादेशबीच अहिलेसम्म २७ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । यस्तै नेपाल आठ खेलमा विजयी हुँदा पाँच खेल बराबरीमा सकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार