मङ्लबार, अशोज ११, २०७९
निर्वाचनका लागि भोलिदेखि अचारसंहिता लागू

निर्वाचनका लागि भोलिदेखि अचारसंहिता लागू


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज ११, २०७९

काठमाण्डौ । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले भोलि बुधवारदेखि निर्वाचन अचारसंहिता लागू गर्ने भएको छ ।

आज मङ्गलवार बसेको बैठकले भोलि बुधबारदेखि निर्वाचन अचारसंहिता २०७९ लागू गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

आयोगले आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैलाई अनुरोधसमेत गरेको छ ।

यस्तै निर्वाचन आयोगले चुनावसम्बन्धी कानुन तथा आचारसंहिता बमोजिम आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा उम्मेदवार र दलहरूले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य भइरहेको बताएको छ । खर्चको सीमा तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ ।

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले भोलि बुधवारदेखि निर्वाचन अचारसंहिता लागू गर्ने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार