मङ्लबार, अशोज ११, २०७९
मनास्लु हिमपहिरोमा मृत्यु हुनेको पहिचान, १० को सकुशल उद्धार

मनास्लु हिमपहिरोमा मृत्यु हुनेको पहिचान, १० को सकुशल उद्धार


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज ११, २०७९

काठमाडौं । गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिजो गएको हिमपहिरोमा ज्यान गुमाएका एक जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमा सङ्खुवासभा घर भएका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

हिमपहिरोमा परेका अरु १० जनाको सकुशल उद्धार गरिएको छ । आज बिहानै हेलिकोप्टरमार्फत पुगेको उद्धार टोलीले निमादोर्जे शेर्पा, दावा शेर्पा, फुरिता शेर्पा, लाक्पा तामाङ, निमा शेर्पा र फुर्ते शेर्पाको उद्धार गरेर सामागाउँ ल्याएको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।

अरु चार जनाको हिजो उद्धार गरिएको थियो । हिमपहिरोमा परेकाहरुको उद्धारका लागि चार वटा हेलिकोप्टर परिचालन गरिएको थियो ।

गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिजो गएको हिमपहिरोमा ज्यान गुमाएका एक जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमा सङ्खुवासभा घर भएका अनुप राई रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार