मङ्लबार, अशोज ११, २०७९
सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदै छ कारोबार ?

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा हुँदै छ कारोबार ?


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज ११, २०७९

काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी तोलामा एक हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि,

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ । यो डलरको अहिलेसम्मकै उच्च रेट हो ।
युरो एकको खरिद दर १२५ रुपैयाँ ७४ पैसा र बिक्री दर १२६ रुपैयाँ ३२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५२ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार