मङ्लबार, अशोज ११, २०७९
६ राजनीतिक दललाई समानुपातिकतर्फको बन्दसूची सच्याउन आयोगको निर्देशन

६ राजनीतिक दललाई समानुपातिकतर्फको बन्दसूची सच्याउन आयोगको निर्देशन


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज ११, २०७९

काठमाडौं । निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याएर पठाउन निर्देशन दिएको छ ।

आयोगका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याउन भनिएको छ । अन्य दलहरूलाई १६ गतेसम्म समय दिइएको छ । ठूला दलहरूको सूची लामो भएकाले छिटो सक्न भनिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा दर्ता भएका दलहरूले असोज २ र ३ गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

मिस्रित निर्वाचन प्रणालीअनुसार प्रदेश सभा र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउने व्यवस्था छ । यसअनुसार प्रतिनिधि सभामा १ सय १० र प्रदेश सभामा २ सय २० सांसद समानुपातिकबाट छानिनेछन् ।

निर्वाचन आयोगले असोज १४ गतेभित्र समानुपातिक तर्फको बन्द सूची सच्याएर पठाउन निर्देशन दिएको छ ।

आयोगका अनुसार ६ वटा राष्ट्रिय दललाई १४ गतेभित्र समानुपातिक बन्द सूची सच्याउन भनिएको छ । अन्य दलहरूलाई १६ गतेसम्म समय दिइएको छ । ठूला दलहरूको सूची लामो भएकाले छिटो सक्न भनिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट