सोमवार, अशोज १०, २०७९
मनास्लु आधार शिविरमा गएको हिमपहिरोमा परि बेपत्ता हुनेको उद्धार सुरु

मनास्लु आधार शिविरमा गएको हिमपहिरोमा परि बेपत्ता हुनेको उद्धार सुरु


  • स्वदेश नेपाल
  • सोमवार, अशोज १०, २०७९

काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परि सम्पर्क विहिन हुनेहरूको उद्धार सुरु भएको छ ।

हिमपहिरोमा परि केही मानिसहरू बेपत्ता भएका छन्, तर कति वेपत्ता छन्, एकिन थाहा हुन नसकेको प्रहरीले जनाएको छ । ति मध्य २ जनाको भने उद्धार गरेर काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट ३ वटा हेलिकोप्टर पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ ।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ ।

गोरखाको मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परि सम्पर्क विहिन हुनेहरूको उद्धार सुरु भएको छ ।

हिमपहिरोमा परि केही मानिसहरू बेपत्ता भएका छन्, तर कति वेपत्ता छन्, एकिन थाहा हुन नसकेको प्रहरीले जनाएको छ । ति मध्य २ जनाको भने उद्धार गरेर काठमाडौं पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार