सोमवार, अशोज १०, २०७९
‘सेञ्चुरी मिस टिन’ को उपाधि प्रतिक्षा डंगोललाई

‘सेञ्चुरी मिस टिन’ को उपाधि प्रतिक्षा डंगोललाई


  • स्वदेश नेपाल
  • सोमवार, अशोज १०, २०७९

काठमाडौं । ‘सेञ्चुरी मिस टिन नेपाल २०२२’ को उपाधि काठमाडौंकी प्रतिक्षा डंगोलले जितेकी छिन् । आइतबार अमेर साँझ राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा उनले ताज जितेकी हुन् ।

विजेता प्रतीक्षाले मिस टिनको क्राउनसहित नगद ३० हजार हात पारिन् । काठमाडौं जेसीजले आयोजना रहेको प्रतियोगितामा सुस्मिता अधिकारी फस्ट रनरअप र सुस्जिता पौडेल सेकेन्ड रनर अप भए । दुबैले क्रमशः २० र १० हजार प्राप्त गरे । प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले हात पारिन् ।

हेल्दी बेस्ट स्किनको पूजा वली, नामी मिस इन्टलेक्च्युअल अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइराला भएको प्रतियोगितामा एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी, केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् ।

किशोरीहरूको सामाजिक सांस्कृतिक वृत्ति विकासमा मद्दत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार