शनिबार, अशोज ८, २०७९
यूईएफए नेसन्स लिगमा इटलीसँग पराजित इङ्ग्ल्यान्ड रेलिगेसनमा

यूईएफए नेसन्स लिगमा इटलीसँग पराजित इङ्ग्ल्यान्ड रेलिगेसनमा


  • स्वदेश नेपाल
  • शनिबार, अशोज ८, २०७९

काठमाण्डौ । यूईएफए नेसन्स लिगमा इटलीसँग पराजित हुँदा इङ्ग्ल्यान्ड रेलिगेसनमा परेको छ ।

समूह चरण अन्तर्गत गएराति मिलानोमा भएको खेलमा इटलीले इङ्ग्ल्यान्डलाई १–० गोलले हरायो । घरेलु टोली इटलीका लागि जियाकोमो रास्पाडोरीले खेलको ६८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

इटलीसँग हारेपछि इङ्ग्ल्यान्ड लिग ‘ए’ बाट लिग ‘बी’ मा घटुवा भएको छ । यो समूहको अर्को खेलमा हङ्गेरी जर्मनीलाई १–० ले हराउँदै शीर्ष स्थानमा छ । हङ्गेरी १० अङ्ककासाथ शीर्षस्थानमा, इटली ८ अङ्ककासाथ दोस्रो, जर्मनी ६ अङ्ककासाथ तेस्रो तथा इङ्ग्ल्यान्ड २ अङ्ककासाथ पुछारमा छ।

यूईएफए नेसन्स लिगमा इटलीसँग पराजित हुँदा इङ्ग्ल्यान्ड रेलिगेसनमा परेको छ ।

समूह चरण अन्तर्गत गएराति मिलानोमा भएको खेलमा इटलीले इङ्ग्ल्यान्डलाई १–० गोलले हरायो । घरेलु टोली इटलीका लागि जियाकोमो रास्पाडोरीले खेलको ६८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार