शुक्रबार, अशोज ७, २०७९
डेंगुबाट आज थप २ जनाको मृत्यु, ७६ जनामा कोरोना संक्रमण

डेंगुबाट आज थप २ जनाको मृत्यु, ७६ जनामा कोरोना संक्रमण


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज ७, २०७९

काठमाडौं । डेंगुबाट आज २ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा डेंगुबाट २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै डेंगुबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ सयभन्दा बढी डेंगुका बिरामी थपिएका छन्। १५ सय ८६ जना डेंगुका बिरामी थपिँदा कुल बिरामीको संख्या २१ हजार ३ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ।

डेंगुका सबैभन्दा बढी बिरामी बागमती प्रदेशमा रहेका छन्। बागमतीमा १६ हजार २ सय ३६ जना डेंगुका बिरामी छन्। कर्णाली प्रदेशमा सबैभन्दा थोरै २ सय २९ जना डेंगुका बिरामी रहेका छन्।

यस्तै आज थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टीजेन गरी चार हजार ६९ जनाको नमुना परिक्षण गर्दा ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य ताथ जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ८७ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार तीन सय ७१ जनामा झरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट