शुक्रबार, अशोज ७, २०७९
नेपाल टि ट्वान्टी लिग सरेपछिका फाइदा र वेफाइदाहरु अनि डिसेम्बरका व्यस्त तालिकाहरु

नेपाल टि ट्वान्टी लिग सरेपछिका फाइदा र वेफाइदाहरु अनि डिसेम्बरका व्यस्त तालिकाहरु


  • दिक्पाल के.सी.
  • शुक्रबार, अशोज ७, २०७९

क्यानले भोली सेप्टेम्बर २४ देखि अक्टोवर २२ सम्म सन्चालन गर्ने भनिएको नेपालकै पहिलो फ्रान्चाईज तथा अफिसियल टि ट्वान्टी लिग चुनावको कारण देखाउँदै  १० दिन अगाडि नै डिसेम्बर ११ देखि ३१ सम्ममा हुने गरि सरेको जानकारी गराएको थियो।

मँसिरमा हुने चुनाव, बर्षाले असर पारिराखेको यो महिना, अनि दशैँको बेला घर फर्कने नेपाली समर्थकहरुको अभावले टियु खेल मैदानमा पार्ने असर यी सबै कुरालाई कारण देखाउँदै, प्रतियोगितालाई डिसेम्बर सम्म धकेलिएको छ।  प्रतियोगिता अन्तिममा आएर सर्दा खेरि खेल हेर्न पर्खेर बसेका क्रिकेट प्रेमीहरुलाई भने अलिकति खल्लो महसुस् भएको छ।

क्यानले भारतको ठुलो स्पोर्ट्स कम्पनी सेभेन ३ स्पोर्ट्सलाई प्रतियोगिता सन्चालनको लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । सेप्टेम्बर १० र ११ मा सम्पन्न खेलाडी छनोेट ड्राफ्टबाट नेपाली र विदेशी खेलाडीहरु लाई पनि नेपाल टि ट्वान्टी लिग पहिलो सँस्करणका टिमहरु विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, काठमाडौं गोर्खा (कान्तिपुर क्यापिटल), पोखरा एभेन्जर्स, लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडले आबद्ध गराईसकेका छन्।

अक्टोबर महिना बाट सुरु हुने टि ट्वान्टी विश्वकपका कारण धेरै विदेशी खेलाडीहरु नेपाल टि ट्वान्टी लिग खेल्न नमिल्ने भएको कारण पनि खेलाडी ड्राफ्टमा सोचे जस्तो ठुला नाम हरुलाई क्लबले नाम लिस्ट भएर पनि  भित्राउन चाहेनन्, किनकी कुनै पनि क्लबले, खेलाडी पुरै लिग खेलोस् भन्ने नै चाहन्छ।  तर प्राय खेलाडीहरु जो छनोट भए, उनीहरु  विश्वस्तरमा नाम बनाएका, टेस्ट राष्ट्रहरुका, अनि केही युवा तथा अहिले पनि आफ्नो देशका लागि खेल खेलिरहेका नामहरु भने अवश्य थिए। तर प्रतियोगिता सरे सँगै अहिले घोषणा गरिएका विदेशी खेलाडीहरु डिसेम्बरमा उपलब्ध हुने नहुने भन्ने कुरा भने अन्यौलमा रहेको छ। जसको कारण केही विदेशी खेलाडीहरु पुनः फेरबदल हुन सक्नेमा दुइ मत छैन।

नेपाल टिट्वान्टी लिगमा धेरै जना श्रीलङ्काका खेलाडीहरु छनोट गरेकोमा, डिसेम्बरमा श्रीलङ्काको आफ्नै लिग समेत रहेकाले,  नेपाल टिट्वान्टी लिगको नयाँ तालिकामा श्रीलङ्काका खेलाडीहरु साथै त्यहाँ छनोट भएका अन्य विदेशी खेलाडीहरु पनि नेपालमा खेल्न आउने सम्भावना कम रहन सक्छ। साथै नोभेम्बरमा सकिने टिट्वान्टी विश्वकप पछि, एकदिवसीय विश्वकप छनोटका बाँकी खेलहरुः सुपरलिगका खेलहरु, नेपालको बाँकी लिग टु का खेलहरु समेतले नेशनल ड्युटीमा मा रहेन खेलाडीहरु अनि खेलतालिकालाई समेत असर पार्न सक्नेछ। यद्दपी, नेपाल र स्कटल्यान्डको नामिविया भ्रमण प्रारम्भिक सुचना अनुसार डिसेम्बर ९ सम्म रहेन तालिका रहेकाले, घरेलु खेलाडीहरुलाई डिसेम्बर ११ बाट नेपाल टिट्वान्टी लिग खेल्न भने समय मिल्ने छ।

नेपाल टि ट्वान्टी लिग सरेपछिका फाइदाहरुः

-मैदानमा आवश्यक मर्मत सम्भार, पुर्वाधार तथा उपकरण जडान गर्नको लागि समय रहेको छ। फ्लडलाइट जोडेर दिवा रात्री खेल समेत सन्चालन गर्न सकिनेछ।

-हिँउदको समय भएकाले बर्षाको कारण खेल रोकिने सम्भावना रहँदैन।

-चुनाव पछि सबै जना उपत्यका फर्कने कारण मैदानमा उल्लेख्य समर्थकको उपस्थिति हुन सक्छ। यसले आयोजकलाई पनि उत्साहित हुँदै आगामी सँस्करणलाई थप रोमान्चक बनाउन उत्साहित पार्नेछ।

-विश्वकप सकिए पछि धेरै राम्रा विदेशी खेलाडीहरुलाई विभिन्न क्लबमा भित्राउन सकिन्छ यद्दपी खेल तालिका भने आइसिसी र विभिन्न देशको सिरिज सँग जुध्नु हुँदैन। जुधिहालेको खण्डमा बरु तालिका हेरफेर गरेर भए पनि राम्रो खेलाडीहरु भित्राएर यो प्रतियोगितालाई रोमान्चक र सफल बनाउनु पर्दछ।

-क्यान तथा सेभेन ३ स्पोर्ट्सले अनि सन्चार क्षेत्रले नेपाल टिट्वान्टी लिगको विश्वमै ब्रान्डिङ तथा प्रचार प्रसार गर्नु पर्दछ, यसका लागि प्रशस्त समय रहेको छ।

-डे-नाइट (दिवा रात्री) खेल भएमा दिनहुँ २ खेल राखेर खेललाई छिटो अनि अरु सिरिज सँग नजुधाई सम्पन्न गर्न सकिन्छ।

नेपाल टि ट्वान्टी लिग सरेपछिका बेफाइदाहरुः

-क्रिकेट समर्थकमा समयमा खेल नहुँदा थोरै नैरश्यता र दुःखी बनाएको छ।

-डिसेम्बरमा विभिन्न सिरज तथा प्रतियोगिता (जस्तैः नेपालकै लिग टु सिरिज, ड्राफ्टमा भएका खेलाडीहरुको देशको सुपरलिगका खेलहरु,  लँका प्रिमियर लिग) आदि जुध्न  जाने कारण प्रतियोगिता कसरी सन्चालन हुने छ यसमा धेरैलाई शँका उपशँका उत्पन्न भएको छ।

-यसअघि लगभग एक महिनाको आरामको तालिकालाई डिसेम्बरमा छिटो सक्काउने लक्ष्य लिइएको छ। डबल राउन्ड रोबिन लिगमा खेल सम्पन्न गर्न सक्ने हो कि नाइ उपशँका छ।

-ग्राउन्ड फ्यासिलिटिजहरु बढाउन गरेको ढिला सुस्तीले अनि प्रतियोगिताको तयारी तामझाम सँग प्रस्तुत गर्न नसक्दा प्रतियोगिता रोमान्चक नहुने पो हो कि भनेर डर  पैदा भएको छ ।

-ड्राफ्टेड गरिएका विदेशी खेलाडीहरु डिसेम्बरमा को को आउलान् भन्ने कुरालाई सबै टिमले फेरि एकपटक खेलाडीको उपलब्धता हेर्नु पर्ने भएको छ। आवश्यक परे को नयाँ खेलाडी भित्राउने सकश पर्न सक्छ।

प्रतियोगिता सरेपछिका विभिन्न फाइदा र वेफाइदाका बाबजुद प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न र दीर्घकालीन प्रारुप दिन सके नेपाली क्रिकेटको विकासमा भने नेपाल टि ट्वान्टी लिगले पक्कै पनि फाइदा दिने छ। विश्वकै सुन्दर एवम् प्राकृतिक तथा साँस्कृतिक देश नेपालमा यो प्रतियोगिताले क्रिकेट खेल, पर्यटन व्यवसाय तथा आर्थिक स्तर वृद्धिमा ठुलो भुमिका खेल्नेछ। नेपाल टि ट्वान्टीको सम्पन्न भएको ड्राफ्ट र खेलाडी बारे जानकारी लिन यो भिडियो हेर्नुहोस्

प्रतिक्रिया
सम्बन्धित समाचार