शुक्रबार, अशोज ७, २०७९
विवेकशील साझाको ‘प्रवक्ता’मा तरहरा सार्वजनिक पुस्तकालयका संस्थापक अध्यक्ष परियार नियुक्त !

विवेकशील साझाको ‘प्रवक्ता’मा तरहरा सार्वजनिक पुस्तकालयका संस्थापक अध्यक्ष परियार नियुक्त !


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज ७, २०७९

विवेकशील साझा पार्टीले प्रवक्तामा पार्टीका संस्थापक नेता प्रकाशचन्द्र परियारलाई नियुक्त गरेको छ ।

पार्टीको संचार तथा सूचना प्रविधि विभाग प्रमुख समेत रहेका नेता परियारलाई विधानको भाग १२ को दफा ७२ (४)६ र ७२ (४) ७ बमोजिम प्रवक्तामा नियुक्त गरिएको अध्यक्ष समिक्षा बास्कोटाले बताइन् ।

प्रवक्ता परियार विवेकशील साझा पार्टीका संस्थापक नेता मध्येका एक हुन । पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका इटहरिका परियार पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख पनि हुन् ।

को हुन प्रवक्ता परियार ?

प्रकाशचन्द्र परियार, विवेकशील साझा पार्टीका संस्थापक नेता मध्येका एक हुन्।

पार्टी स्थापनाकालदेखि विभिन्न नेतृत्वदायी जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै आएका परियार हाल पार्टीको सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख हुन्।
परियार सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा समेत कृयाशील छन्।

एक दशकसम्म कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक विषयमा पत्रकारिता गरेका परियारले आमसंचारमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट पत्रकारिता र अष्ट्रेलियावाट नेतृत्व विकासको तालिम लिएका छन्।

परियार परोपकार र पत्रकारिताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार विजेता पनि हुन्। सामाजिक रूपान्तरण र समृद्धिका लागि असल मानिसहरू राजनीतिमा नहोमिए सम्म मुलुकको मुहार फेर्न नसकिने मान्यता राख्ने परियारले भ्रष्टाचार विरोधी, इमानदार र मिलनसार युवा नेताको छवि बनाएका छन्। नेता परियार सुनसरी ईटहरी/तरहराका स्थायी वासिन्दा हुन्।

तरहरा सार्वजनिक पुस्तकालयका संस्थापक अध्यक्ष पनि हुन् परियार ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट