शुक्रबार, अशोज ७, २०७९
इण्डोनेशियालीले गाएको गायत्री मन्त्रको भाइरल भिडियो !

इण्डोनेशियालीले गाएको गायत्री मन्त्रको भाइरल भिडियो !


  • स्वदेश नेपाल
  • शुक्रबार, अशोज ७, २०७९

गायत्री मन्त्र ”मन्त्रः ऊँ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् ।”

गायत्री मन्त्रलाई वेदमा चमत्कारिक एवम् फाइदाजनक बताइएको छ । चार वेदमा गायत्री मन्त्रको वारेमा उल्लेख गरिएको छ ।

मानिन्छ कि यो मन्त्र यतिविघ्न शक्ति छ जुन नियमित तीन पटक जप गर्ने व्यक्तिको नजिक नकारात्मक शक्तिको छायाँ पर्दैन । गायत्री मन्त्रको जपबाट कयौँ प्रकारको लाभ हुने बिश्वाश गरिन्छ ।

गायत्री मन्त्रको साधना नेपाल भारत या हिन्दूहरुले मात्रै गर्दैनन, बिभिन्न देशका बिभिन्न भाषामा यो मन्त्रको प्रयोग भएको देखिन्छ ।

यस्तै प्रसंगलाई जोडेर पत्रकार डिल्ली अचार्याले इण्डोनेशियालीले गाएको गायत्री मन्त्रको एक भिडियो शेयर गर्दै लेखेका छन – ”मैले थाइवान (नेपालीले ताइवान भन्छन्)को खन्तिङ शहरमा गायत्री गाउँदै हिँड्ने चिनियाँ समूह भेटेको थिएँ। उनीहरूका वस्त्रमा लेखिएको मन्त्र संस्कृत (梵文- फ़ान वन) भाषा हो। यो इण्डोनेशिया (印度尼西亞- यिन्तु नि सिया)मा गाइन्छ र उनीहरूले लगाएको लुगा र गायत्री मन्त्रका सिडी 泰國-थाइ को (थाइल्याण्ड- स्याम)मा तयार पारिन्छ भन्थे। इण्डोनेशियालीले गाएको गायत्री आज फेला पारियो।

(थाई लिपि र ध्वनिमा संस्कृतको प्रभाव हुँदाहुँदै ६ दशकयता थाई उच्चारणमा परेको चिनियाँ प्रभावको अध्ययनका क्रममा भेटिएको यो श्रव्यदृश्य साझा गरेँ)

गायत्री मन्त्रको अर्थः उस प्राणस्वरूप, दुःख नाशक, सुख स्वरूप, श्रेष्ठ, तेजस्वी, पापनाशक, देव स्वरूप परमात्मालाई हामी अन्तरात्मा मा धारण गर्छौँ। उनी ईश्वरले हामीलाई बुद्धिको सन्मार्गमा प्रेरित गर्नुहोस्।

गायत्री मन्त्र जप गरेको समयमा यी कुरालाई ध्यानमा राख्नुहोस्

मन्त्र पढेको समय आरामदायक स्थितिमा बस्नुहोस् । जस्तै पद्मासन, अध्र्व पद्मासन र सिद्धासन । कुनै आसनमा बसेर गायत्री मन्त्रको जप गर्नु पर्दछ ।
यो मन्त्रको जप नुहाइधुवाई गरेर सफा लुगा लगाएर गर्नु पर्दछ ।

मन्त्रको जप सूर्योदयभन्दा दुइ घण्टा अगाडिदेखि सूर्यास्तभन्दा एक घण्टा पछि सम्म गर्न सकिन्छ । मौन अर्थात मानसिक जप कुनैबेला गर्न सक्नुहुन्छ । तर रातमा यो मन्त्रको जप गर्नु हुँदैन । राति मन्त्रको जप लाभकारी नहुने विश्वास गरिन्छ ।

यदी मालाले गायत्री मन्त्रको जप गर्न चाहनुहुन्छ भने १०८ मनको मालालाई राख्नुहोस् । यसको लागि तुलसी या चन्दनको माला राख्नुहोस् ।

यो मन्त्रलाई छिटो छिटो पढ्नु हुँदैन । यसको महत्व र अर्थलाई बुझेर मात्र उच्चारण गर्नु पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार