बिहिबार, अशोज ६, २०७९
एक हजारलाई किन लेखिन्छ 1k ? यस्तो छ अर्थ

एक हजारलाई किन लेखिन्छ 1k ? यस्तो छ अर्थ


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज ६, २०७९

यस्ता धेरै शब्द र अक्षरहरू हुन्छन् जुन हामीले आफ्नो दैनिक जीवनमा बोल्दै तथा सुन्दै आएका हुन्छौं । तर कहिलेकाहीँ त्यस्ता शब्द वा अक्षरहरू किन त्यस हिसाबले बोलिन्छ वा लेखिन्छ भन्ने थाहा हुँदैन ।

यस्तै हामी प्रायः आफ्नो आसपासका मानिसहरूलाई देखेर वा सुनेर पनि यस्ता शब्द लेख्न वा बोल्न सुरु गर्दछौं । हामीले हजारलाई अंग्रेजी अक्षर ‘के’ (K) लेखेको देखेका छौं । सोसल मिडियामा छोटकरीमा लेख्नुपर्दा यो चलन निकै फस्टाएको छ । हामीले प्रायः सोसल मिडियामा लाइक तथा सब्सक्राइबरको संख्याका पछाडि हजार जनाउनका लागि ‘के’ लेखेको देखेकै छौं । आखिर हजारलाई किन ‘के’ लेखिन्छ ? शब्दको काम गर्ने ‘के’ अक्षरको हजारसँगको सम्बन्ध के हो त ?

कहाँबाट सुरु भयो ‘k’ शब्द ?

यस विषयमा विभिन्न खालका तर्क छन्। वास्तवमा ग्रीक शब्द Chilioi को अर्थ हजार भन्ने हुन्छ । त्यही शब्द अपभ्रंश भएर छोटकरीमा ‘K’ लेख्ने गरिएको बताइन्छ । हजार अंकलाई जनाउनका लागि ग्रीकबाट सुरु भएको ‘के’ शब्द अन्ततः विश्वव्यापी बनायो । बाइबलमा समेत हजारको ठाउँमा ‘के’ लेखिएको पाइन्छ ।

किलोका रुपमा हजारको प्रयोग

ग्रीक शब्द Chilioi को प्रयोग जब फ्रेन्च भाषामा गरियो, त्यसको अर्थ हजारबाट परिवर्तन भएर किलोग्राम बन्यो । जब हामी कुनै चिजलाई हजारले गुणा गर्दछौं त्यसलाई किलो भन्दछौं । जस्तो एक हजार ग्राम बराबर एक किलोग्राम अनि एक हजार मिटर बराबर एक किलोमिटर ।

त्यही किसिमले हजारको प्रयोग किलोको रुपमा हुन थाल्यो । जब हामी किलोलाई अंग्रेजीमा लेख्छौं तब हिज्जेको सुरुआत ‘के’ अक्षरबाटै हुन्छ । त्यसैले ‘के’ अक्षर हजारको प्रतीक बन्यो र हजारको ठाउँमा ‘के’ लेख्न थालियो । जस्तै २५ हजार भनेको २५K ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित समाचार