बिहिबार, अशोज ६, २०७९
कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार, छोरी पनि घाइते

कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान फरार, छोरी पनि घाइते


  • स्वदेश नेपाल
  • बिहिबार, अशोज ६, २०७९

काठमाडौं । कैलालीमा एक महिलाको हत्या भएको छ । गौरीगंगा नगरपालिका–५ मा अन्दाजी ३२ वर्षीया ललिता नामजाली मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रविन्द्र पाण्डेले ललिता आज बिहान हत्या गरेको अवस्थामा शव भेटिएको बताउनुभयो ।

ललिताकी १७ वर्षीय छोरीसमेत घाइते छिन् । उनीमाथि पनि धारिलो हतियार प्रहार भएको डीएसपी पाण्डेले बताउनुभयो । घाँटीमा चोट लागेकी उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानबाट ललिताको हत्या उनका श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको खुलेको डीएसपी पाण्डेले बताउनुभयो ।

रोजगारीका सिलसिलामा भारतमा रहेका शेरबहादुर हिजो मात्र घर फर्किएका थिए । घटनापछि उनी फरार छन् । शेरबहादुरको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट