बुधबार, अशोज ५, २०७९
क्रिकेटर कुशल र दीपेन्द्रको आईसीसी ब्याटिङ वरीयतामा सुधार, सन्दीपको खस्कियो

क्रिकेटर कुशल र दीपेन्द्रको आईसीसी ब्याटिङ वरीयतामा सुधार, सन्दीपको खस्कियो


  • स्वदेश नेपाल
  • बुधबार, अशोज ५, २०७९

क्रिकेटर कुशल र दीपेन्द्रको आईसीसी ब्याटिङ वरीयतामा सुधार, सन्दीपको खस्कियो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको आईसीसी ब्याटिङ वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ अद्यावधिक अनुसार टी–ट्वान्टीको नयाँ वरीयतामा दुबैको वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा कुशल ५१ औं तथा दीपेन्द्र ५८ औं स्थानमा रहेका छन् ।

बलिङतर्फ सन्दीप लामिछाने १ स्थान तल झर्दै ६२ औं स्थानमा पुग्नुभएको छ । दीपेन्द्र अलराउण्डर वरीयताको १० औं स्थानमा कायमै रहनुभएको छ । यस्तै ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत रहनुभएको छ । बलिङमा जोस हाजलउड शीर्ष स्थानमा रहँदा अलराउण्डरमा शकिब अल हसन शीर्ष स्थानमा हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट