मङ्लबार, अशोज ४, २०७९
राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाद्वारा राजीनामा

राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाद्वारा राजीनामा


  • स्वदेश नेपाल
  • मङ्लबार, अशोज ४, २०७९

काठमाण्डौ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

हिजो सोमवार सम्पन्न साफ महिला च्याम्पियनशिपको फाइनलपछि भएको पत्रकार सम्मेलनमा बोल्दै थापाले राजीना दिएका हुन् । उपाधि जिताउन नसकेपछि पदमा बस्नु उचित नरहेको बताउँदै उनले भनेका छन, ‘मैले उपाधि जित्ने लक्ष्य पूरा गर्न सकिनँ । अहिले नै पद त्यागको घोषणा गर्छु ।’

प्रशिक्षक कुमार थापाले यसै प्रतियोगिताको सुरुमा प्रशिक्षकको जिम्मेवारी पाएका थिए । यसअघि थापाले सन् २०१६ मा प्रशिक्षकको जिम्मेवारी पाउँदा पनि टोली सेमिफाइनलमा रोकिएको थियो ।

त्यस बेला सिलीगुडीमा भएको फाइनलमा भारत नेपाललाई हराउँदै विजेता बनेको थियो । यस पटक भारतलाई सेमिफाइनलमा हराए पनि नेपाल फाइनलमा बङ्ग्लादेशसँग तीन–एकले पराजित बन्न पुग्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट