सोमवार, अशोज ३, २०७९
महिला साफ फुटबलको उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामै सीमित

महिला साफ फुटबलको उपाधि बंगलादेशलाई, नेपाल उपविजेतामै सीमित


  • स्वदेश नेपाल
  • सोमवार, अशोज ३, २०७९

काठमाडौं । बंगलादेशले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार आज भएको फाइनलमा नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश च्याम्पियन बनेको हो ।

बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई गोल गरिन् । शामसुनाहरले एक गोल थपिन । नेपालकी अनिता बस्नेतले एक गोल फर्काइन् ।

यससँगै बंगलादेश महिला साफको नयाँ च्याम्पियन बनेको छ । बंगलादेशले पहिलो पटक नेपाललाई हराएको हो ।

नेपाल भने फेरि फाइनलमा चुकेको छ । नेपाल पाँचौं पटक महिला साफको फाइनलमा पराजित भएको हो ।

फाइनल खेलेका बंगलादेश र नेपालले भारतलाई पराजित गर्दै दक्षिण एसियामा उसको दबदबा तोडेका थिए । समूह चरणमा बंगलादेशसँग पराजित भएको भारत नेपालसँग हारेपछि पहिलो पटक सेमिफाइनलबाटै बाहिरियो ।

साफ च्याम्पियनसिपमा यसअघि २५ खेलमा अपराजित रहेको भारत यस पटक एकै संस्करणमा दुई खेल गुमाउन पुग्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट