सोमवार, अशोज ३, २०७९
मेयर बालेनद्वारा नेपाली फुटबल टोलीलाई जितको शुभकामना

मेयर बालेनद्वारा नेपाली फुटबल टोलीलाई जितको शुभकामना


  • स्वदेश नेपाल
  • सोमवार, अशोज ३, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामना दिएका छन् ।

छैटौं संस्करणको महिला साफको उपाधि भिडन्त अघि बालेनले नेपाली टोलीलाई शुभकामना दिएका हुन् । मेयर बालेनले सोमबार सामाजिक संजाल फेसबुकबाट नेपाली टोलीलाई ऐतिहासिक जितको शुभकामना दिएका हुन् ।

बालेनले यस जितले महिला फुटबल नयाँ अध्याय सुरु हुने समेत उनले बताएका छन् ।

ुहामी ऐतिहासिक जित भन्दा एक कदम मात्र पछाडी छौ । आजको जितले हाम्रो महिला फुटबलले नयाँ अध्याय सुरु गर्नेछ भन्ने बिश्वास छ । जितको लागि सम्पुर्ण टिमलाई शुभकामनाु उनले लेखेका छन् ।

दशरथ रंगशालामा नेपालले फाइनलमा आज बंगलादेशको सामना गर्नेछ । फाइनल खेल आज सोमबार साँझ ५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट