शनिबार, अशोज १, २०७९
संसारको सबैभन्दा पुरानो संस्कृत भाषा जर्मनीका १४ वटा विश्वविद्यालयमा पढाइ हुन्छ !

संसारको सबैभन्दा पुरानो संस्कृत भाषा जर्मनीका १४ वटा विश्वविद्यालयमा पढाइ हुन्छ !


  • स्वदेश नेपाल
  • शनिबार, अशोज १, २०७९

हिन्दू धर्मावलम्बीहरूले मन्त्र र श्लोक त पढेकै हुन्छन् । मन्त्र र श्लोकको वाचन शताब्दियौंदेखि भइरहेको छ । यी मन्त्र र श्लोक संस्कृत भाषामा छन् । त्यही संस्कृत भाषाका केही महत्त्वपूर्ण र रोचक तथ्य हामी यहाँ प्रस्तुत गर्दैछौं :

संस्कृत विश्वको प्राचीनतम भाषा हो । पश्चिमका प्राचीन भाषाहरू ल्याटिन, ग्रीक, हिब्रु, पारसी र अरबी सबै संस्कृतपछि आएका हुन् ।भाषाविज्ञानको दृष्टिमा संस्कृत इन्डोआर्य परिवारको भाषा हो ।संस्कृतको प्रत्यक्ष र परोक्ष प्रभाव संसारका लगभग ९७ प्रतिशत भाषामा परेको बताइन्छ ।

भारतवर्षका अधिकांश भाषाहरू उत्पत्ति संस्कृतबाटै भएको हो ।संसारको सबभन्दा प्राचीन ग्रन्थ ऋग्वेद संस्कृतमा नै लेखिएको थियो । अनेकौं बौद्ध तथा जैन ग्रन्थहरू पनि संस्कृतमा लेखिएका हुन्।

संस्कृतको विकास दुई चरणमा भएको हो । पहिलो चरणमा वैदिक संस्कृत थियो जसमा वेद, उपनिषद्हरू लेखिए ।त्यसपछि दोस्रो चरणमा पाणिनी व्याकरणमा आधारित लौकिक संस्कृतमा ‘अभिज्ञान शाकुन्तलम्’ जस्ता पुस्तक लेखिए।

वर्तमान संस्कृत पाणिनी व्याकरण अनुसार छ ।संस्कृत भाषामा पर्यायवाची शब्दको भरमार छ । हात्तीको सयवटा पर्यायवाची शब्दहरू छन् ।नासाका वैज्ञानिक रिक ब्रिग्सका अनुसार विश्वमा संस्कृत मात्र स्पष्ट भाषा हो ।जुलाई १९८७ मा फोर्ब्स म्यागेजिनले संस्कृतलाई कम्युटरका लागि सबभन्दा अनुकूल भाषा लेखेको थियो ।अहिले जर्मनीका १४ वटा विश्वविद्यालयमा संस्कृत पढाइ हुन्छ ।

भारतीय संविधानको आठौं अनुसूचीमा भएका २२ भाषामा संस्कृत पनि छ ।सन् २००१ को जनगणनामा संस्कृत भारतमा १४ हजार १३५ मानिसको प्रथम भाषा थियो ।नेपालको जनगणनामा एक हजार ६ सय ६९ मानिसको मातृभाषा संस्कृत थियो ।भारतको कर्नाटक राज्यमा मट्टुर नामक गाउँमा सबै गाउँले संस्कृतमै कुरा गर्छन् । त्यहाँका मुसलमान समेत संस्कृतमा कुरा गर्छन्।

कर्नाटकको मैसूरमा सन् १९७० देखि सुधर्म नामक संस्कृत दैनिक पत्रिका प्रकाशित भइरहेको छ र यसको अनलाइन संस्करण पनि उपलब्ध छ ।स्पीच थेरापीका लागि संस्कृत सबभन्दा अनुकूल सिद्ध भएको छ ।नेपाल तथा भारतको राष्ट्रिय आदर्श वाक्य संस्कृत नै हो । नेपालको वाक्य ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ हो भने भारतको ‘सत्यमेव जयते’ हो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट