शुक्रबार, भदौ ३१, २०७९
ऐश्वर्याको घरको ढोकामा जोड-जोडले मुड्कीले हानेर सलमानले हात रगताम्मे पारेका थिए

ऐश्वर्याको घरको ढोकामा जोड-जोडले मुड्कीले हानेर सलमानले हात रगताम्मे पारेका थिए


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ ३१, २०७९

सलमान खान र ऐश्वर्या रायको प्रेम कहानी त सबैलाई थाहा छदैछ।कुनै बेला बलिउडका सुन्दर जोडी भनिने ऐश्वर्या र सलमान बीचको कलहले सिंगो बलिउड तातेको थियो।एकातिर सलमान ऐश्वर्यालाई एकदमै धेरै प्रेम गर्दथे र उनीसँगै बिहे गरेर जीवन बिताउँन चाहान्थे भने अर्कोतिर सलमान ऐश्वर्या रायलाई पिट्थे भनेर स्वयं ऐश्वर्याले नै सार्वजानिक रुपमा भनेकी थिइन्।

अहिले अमिताभ बच्चनकी बुहारी र अभिषेककी पत्नी ऐश्वर्याको एक छोरी छिन् र उनको गृहस्थी जीवन निकै राम्रो चलिरहेको छ।तर,पनि ऐश्वर्या र सलमानको प्रेम सम्बन्ध र बिछोडको गसिप बलिउडमा चर्चामा आइरहन्छ।

सलमान ऐश्वर्याको प्रेम-सम्बन्ध यति गहिरो भईसकेको थियो कि सलमानका साथीहरुले ऐश्वर्यालाई भाउजु भनेर बोलाउँन थालेका थिए।सलमानको परिवारले समेत उनलाई आफ्नो बुहारीको रुपमा स्वीकारेको थियो तर ऐश्वर्याको परिवार भने सलमान सँग आफ्नो छोरीको सम्बन्ध बिरुद्धमा थिए।जसकारण ऐश्वर्या आफ्नो परिवार सँग रिसाउँदै घर छोडेर अलग्गै बस्न थालेकी थिइन्।

सलमान ऐश्वर्या सँग तत्कालै बिहे गर्न चाहान्थे।उनी सुपरस्टार भईसकेका थिए भने ऐश्वर्या आफ्नो फिल्मी क्यारियर भर्खरै अगाडि बढाउँदै थिइन्।सलमान ऐश्वार्याले अरु पुरुष सँग बोलेको र कुराकानी गरेको मन पराउँदैन थिए र शंका गर्ने गर्दथे जुन कुरा ऐश्वर्यालाई मन पर्ने थिएन।सलमान ऐश्वर्यालाई बिहेको दबाब दिईरहन्थे भने ऐश्वर्या बिहेलाई लिएर त्यति सकारात्मक थिइनन्।

एकदिन सलमान खान मध्यरातमा ऐश्वर्याको घरमा गए र उनको घरको ढोकामा जोड-जोडले मुड्कीले हान्न थाले।यतिमात्र कहाँ हो र ऐश्वर्या बसेको घरको उन्नाईस तलाबाट हाम्फाल्ने धम्की समेत दिए।ऐश्वर्याको घरको ढोकामा लगातार मुड्कीले हानेको कारण सलमानको हात रगताम्मे भएको ऐश्वर्याका छिमेकीहरुले मिडियालाई बताएका थिए।सलमानले यस्तो हर्कत गरेपछि ऐश्वर्याका बाबुले सलमान बिरुद्ध प्रहरीमा उजुरी समेत दिएका थिए।यसरी बलिउडको एक सुन्दर जोडीको प्रेम-कहानी गन्तब्यमा नपुग्दै टुंगिएको थियो॥

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट