शुक्रबार, भदौ ३१, २०७९
दुई-तीन हजारमा नागरिकता किन्न पाइने देश कुन हो ? महजोडीको रङ नम्बरमा हेर्नुहोस्

दुई-तीन हजारमा नागरिकता किन्न पाइने देश कुन हो ? महजोडीको रङ नम्बरमा हेर्नुहोस्


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ ३१, २०७९

महजोडी अर्थात हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ हुन् ।नेपाली हाँस्यब्यंगको क्षेत्रमा मात्र नभएर रियल लाइफमा पनि महजोडीको आत्मिय र पारिवारिक सम्बन्ध छ।उनीहरु एक अर्कालाई उत्तिकै माया र प्यारो गर्छन्।

दशकौं देखि सँगसँगै शुरु भएको कलाकारिता क्षेत्रमा आजको दिनसम्म पनि महजोडी अनवरत रुपमा सँगसँगै छन्।न कुनै कुरामा बिबाद भएको सुनिएको छ न सम्बन्धमा नै दरार भएको।सुदामा र श्रीकृष्णको जोडी जस्तै छ महजोडीको सम्बन्ध।

दूध अर्कै जातको हो त भात अर्कै जातको , तर जातीय एकता हुँदा दूधभात कति मिठो हुन्छ , सर्वप्रिय। कलाकार मदनकृष्ण श्रेष्ठले भनेझै मह जोडी पनि दुई जात मिलेर बनेको छ।जसमा मदनकृष्ण एक नेवार हुन भने हरिवंश एक व्राहमण हुन।त्यसैले यो जोडी सबैका लागि अनुकरणिय छ।गायन क्षेत्रमा महजोडीले पुराना देखि नयाँ करिब आठ पुस्ताका धेरै गायक गायिका सँगसँगै काम गरिसकेका छन।त्यस्तै हास्यव्याङ्ग्यमा पनि अहिले सम्मका धेरै कलाकारहरूसंग काम गरिसकेका छ।

नेपाली राजनिती बिकृत छ।नेपाली राजनितीमा इमान्दारीता र संस्कार छैन।राजनिती कमाई र ठगी खाने पेशा भएको भन्दै बद्धाम छ।त्यस माथि अहिले बिदेशीलाई सजिलै नागरिकता दिनको लागी नागरिकता बिधेयक ल्याईएको भन्दै बिरोध भईरहेको छ।महजोडीको टेलिफिल्म

‘रङ नम्बर’ मा दुई-तीन हजारमा नागरिकता पाईने देश भन्दै ब्यंग गरिएको छ।

हेर्नुहोस् राजनिती माथिको सटिक ब्यङ र एकदमै हसाउँने टेलिफिल्म ‘रङ नम्बर’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट