सोमवार, भदौ २७, २०७९
बच्चा चोरीको घटनाबारे नेपाल प्रहरीले जारी गर्‍यो निकै कडा विज्ञप्ति (सूचनासहित)

बच्चा चोरीको घटनाबारे नेपाल प्रहरीले जारी गर्‍यो निकै कडा विज्ञप्ति (सूचनासहित)


  • स्वदेश नेपाल
  • सोमवार, भदौ २७, २०७९

सामाजिक संजालमा भारतबाट आएका केहि व्यक्तिहरूले नेपालमा बच्चा चोरी गरिरहेको केहि पोस्टहरु साह्रै भाइरल भइरहेको छ ।

गाउँसमाजमा यस्तो घटनाले आतंकको रुप लिएपछि नेपाल प्रहरीले एक सूचना निकाल्दै नेपालमा बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ ।

एक सूचना जारी गर्दै नेपालमा पछिल्लो समय बच्चाहरूको चोरी भइरहेको भन्ने हल्ला भ्रामक रहेको जनाएको हो । त्यस्ता  भ्रम फैल्याउने जोकोहीलाई पनि कानून अनुसार कार्वाही गरिने जनाएको छ ।

पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरूले नेपालमा बच्चा चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीले एक सूचना जारी गर्दै त्यस्ता भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

त्यस्ता घटनाबारे अहिलेसम्म उजुरी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

यस्तो छ नेपाल प्रहरीले जारी गरेको एक सूचना :-

प्रतिक्रिया
सम्बन्धित समाचार