सोमवार, भदौ २७, २०७९
कर्मचारी तथा प्रहरीको अस्वाभाविक सरुवा

कर्मचारी तथा प्रहरीको अस्वाभाविक सरुवा


  • स्वदेश नेपाल
  • सोमवार, भदौ २७, २०७९

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेसँगै सरकारले कर्मचारी तथा प्रहरीको अस्वाभाविक रूपमा सरुवा गरेको छ ।

विगत डेढ सातामा नै हजारभन्दा बढी कर्मचारी र ३ हजार प्रहरी सरुवा गरिएको छ ।

सरकारले निर्वाचनमा आफू अनुकूलका कर्मचारी आफ्नो अनुकूलका ठाउँमा पठाउने उद्देश्यले मापदण्डबिना अस्वाभाविक रूपमा कर्मचारीको सरुवा गरेको आरोप छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत बिहीबार मात्रै अन्तरस्थानीय तहका ८ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको थियो ।

सो मन्त्रालयले गरेको सरुवामा अत्यधिक विकृति देखिएको मन्त्रालयका कर्मचारीको गुनासो छ । ‘यसैबीचमा प्रहरी प्रधान कार्यालयले पनि १९ भदौमा २ हजार ८ सय ८४ कर्मचारीको सरुवा गरेको छ । त्यसयता केही प्रमुखहरू समेत सरुवा भए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार