शुक्रबार, भदौ २४, २०७९
नाइट क्लव जाँदा ब’लात्का’रीकाे जालमा परेँ – पिडित नाबालिका (भिडियोसहित)

नाइट क्लव जाँदा ब’लात्का’रीकाे जालमा परेँ – पिडित नाबालिका (भिडियोसहित)


  • स्वदेश नेपाल
  • शुक्रबार, भदौ २४, २०७९

म १८ वर्ष ६ महिनाकी भएँ । झापाबाट प्लस टु सकाएर भर्खरै काठमाडौं थिएँ । मेरी एकजना दिदी थिइन्, साइना लिम्बू ।

ती दिदी र मैले ह्याङआउट गर्दा दिदीकी साथी कस्मिता (नाम परिवर्तन) सँग भेट भयो । चिनजानपछि बाक्लो कुराकानी हुनथाल्यो ।

एक सातापछि उनले आफ्नो कोठामा बोलाइन् । म गएँ दिनभरि कोठामै बस्यौं ।

बेलुका दिदीले क्लबमा जाने कुरा गर्नुभयो । मलाई पनि जाउँ जाउँ लाग्यो । ‘जाने भए जाम न त’ भनें । त्योभन्दा अगाडि पनि दुई-तीनपटक म क्लब गएकी थिएँ ।

यो करिब डेढ महिनाअघिको कुरा हो ।

अहिले फर्केर हेर्दा मबाट पनि केही गल्ती त भएकै थियो । छोटो चिनजानमा कसैलाई भरपुर विश्वास गर्नु गल्ती भयो ।

छोरी-चेली मान्छेले राति-राति क्लव गएर ड्रिन्क गरेको भनेर पनि धेरैले मलाई नै नराम्रो सोच्लान् । पक्कै पनि यो घटनाले मलाई पाठ त सिकाएको छ ।

तर, के मैले ड्रिन्क गरेको थिएँ भन्दैमा कसैले ममाथि गिद्धे नजर लगाउने अनुमति पाउँछ ? करणी गर्न छुट पाउँछ ? म यही प्रश्नको उत्तरको खोजीमा छु ।

पीडितले नेपालप्रेसको कार्यालयमा आएर सुनाएको कथा हामीले जस्ताको तस्तै पस्केका छौं । पीडितको अनुरोधमा नाम परिवर्तन गरिएको छ । घटनाका आरोपित पक्षसँग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन । यस घटनाका विषयमा महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझ्दा जाहेरी परेको र अनुसन्धान जारी रहेको बताइयो । -नेपालप्रेसबाट साभार

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट